Dhulikhel Eco Banner new

शेयर बजारमा सामान्य अंकले वृद्धि, ११७ कम्पनीकोे शेयर मूल्य घट्यो

2.38K
shares

काठमाडौं, ७ माघ । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.७८ अंकले बढेर २,६०७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब ५७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा मानुषी लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.०५ प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा विन लघुवित्त र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।