शेयर बजारमा ६ अर्ब ५७ करोड कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ माघ ७ सोमवार १५:५०
2.42K
shares
shares

काठमाडौं, ७ माघ । शेयर बजारमा ६ अर्ब ५७ करोड बढीको कारोबार हुँदा रिभर फल्स पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २४ करोड १ लाख कारोबार भएको छ ।
यसदिन हिमालयन पावर पार्टनरको १८ करोड २० लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ३४ लाख कारोबार भएको छ ।
त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ५० लाख कारोबार भएको छ भने सिन्धु विकास बैंकको १३ करोड ८९ लाख कारोबार भएको छ ।



















