प्रतितोला १ हजार ९ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ माघ ९ बुधवार ११:०७
2.37K
shares
shares

काठमाडौं, ९ माघ । स्थानीय बजारमा बुधवार पहेँलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार तोलामा १ लाख ५८ हजार १ सयमा कारोबार भएको सुनको मूल्य बुधवार १ हजार ९ सयले बढेर तोलामा १ लाख ६० हजारमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । मंगलवार १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ८९५ रुपैयाँमा कायम भएको छ ।



















