Dhulikhel Eco Banner new

शेयर बजारमा १९६ कम्पनीको शेयर मूल्य बढ्दा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.85K
shares

काठमाडौं, ९ माघ । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ५२.३६ अंकले बढेर २,६६५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ९ अर्ब २० करोडको कारोबार भएको हो ।

हरियाली छाएको शेयर बजारमा कर्पोरेट विकास बैंक र दोल्टी पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन ग्रिन विकास बैैंकका लगानीकर्ताले ९.८१ प्रतिशतका दरले कमाएका छन् भने जलविद्युत लगानी र विकासका लगानीकर्ताले ८.४८ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले ८.२० प्रतिशतका दरले कमाएका छन् ।