Dhulikhel Eco Banner new

शेयर बजारमा ९ अर्ब २० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.09K
shares

काठमाडौं, ९ माघ । शेयर बजारमा ९ अर्ब २० करोडको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ६१ करोड ३६ लाख कारोबार भएको हो ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड २९ लाख कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ३१ करोड ९६ लाख कारोबार भएको छ ।

त्यसैगरी सीईडीबी होल्डिङ्सको २९ करोड ४२ लाख कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड ८ लाख कारोबार भएको छ ।