Dhulikhel Eco Banner new

बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा

2.52K
shares

काठमाडौं, ११ माघ । बेष्ट फाइनान्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले ६ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता शेयर बिक्रीमा राखेको हो।

कम्पनीले संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने प्रावधान भएकाले हाल यो शेयर कम्पनीका विद्यमान शेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापकबाट आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ। इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनु पर्नेछ।