Dhulikhel Eco Banner new

प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.86K
shares

काठमाडौं, ११ माघ । स्थानीय बजारमा शुक्रवार पहेँलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीवार तोलामा १ लाख ५९ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार १ हजारले बढेर तोलामा १ लाख ६० हजार ६ सयमा कायम भएको हो ।

त्यस्तै, शुक्रवार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बिहीवार तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार बढेर १ हजार ८८० रुपैयाँमा कायम भएको छ ।