महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ माघ ११ शुक्रवार १०:४६
2.77K
shares
shares

काठमाडौं, ११ माघ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।
बैंकले बिक्रीमा राखिएको शेयर संख्या, सोको मूल्य र बिक्रेताको नाम लगायतका विवरण भने खुलाएको छैन।
शेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
यो अवधिभित्र संस्थापकबाट शेयर खरिदका लागि निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।

















