सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ माघ १७ बिहीवार ११:१९
2.61K
shares
shares

काठमाडौं, १७ माघ । स्थानीय बजारमा बिहीवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार तोलामा १ लाख ६० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार १ सयले घटेर तोलामा १ लाख ६० हजार ५ सयमा कायम भएको हो ।
त्यस्तै, बिहीवार चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर बिहीवार तोलामा १ हजार ८८५ रुपैयाँमा कायम भएको छ ।















