Dhulikhel Eco Banner new

सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई सहयोग

3.81K
shares

काठमाडौं, २४ माघ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसन लाई पाँच लाख मात्र आर्थिक सहायता प्रदान गरेको छ। उक्त सहयोग फउण्डेसनमा अध्यनरत विद्यार्थीहरुको शिक्षातर्फ खर्च हुने भएको हो ।

एक कार्यक्रमका बिच कम्पनिका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तानतरण गरेका थिए ।

सबैका लागी शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसन लाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनिले गरेको छ । कम्पनिले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आईरहेको छ ।

शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।