Dhulikhel Eco Banner new

काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट

3.76K
shares

काठमाडौं, २४ माघ । काठमाडौंको कमलपोखरी स्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको छ ।

बिहीवार बिहान करिब ९ बजेको समयमा ग्याँस विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने ३ जना सामान्य छन् ।

घाइते हुनेहरु सोही पसलका कामदार रहेको प्रहरीले जनाएको छ। सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ र सो स्थानमा प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।