आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांस घोषणा
वि.सं.२०८१ माघ २४ बिहीवार १०:१४
2.52K
shares
shares

काठमाडौं, २४ माघ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ।
कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।
साथै उक्त निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय समेत गरेको छ। प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।















