Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.76K
shares

काठमाडौं, २४ माघ । बिहीवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार ११.६४ अंकले घटेर २,६९९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ९ अर्ब २४ करोडको कारोबार भएको हो ।

दोहोरो अकंले घटेको शेयर बजारमा अपर लोहोरे हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ६.५१ प्रतिशतका दरले कमाएका छन् भने सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी मल्टिपरपोज फाइनान्सका लगानीकर्ताले ४.९६ प्रतिशतका दरले कमाएका छन् भने नेपाल फाइनान्सका लगानीकर्ताले ४.१६ प्रतिशतका दरले कमाएका छन् ।