Dhulikhel Eco Banner new

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा लाभांश घोषणा

2.17K
shares

काठमाडौं, २५ माघ । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १४ गते बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको हाल कायम रहेको चुक्तापूँजीको ७.५ प्रतिशत बोनर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र वितरण गरिनेछ ।