Dhulikhel Eco Banner new

भिजिटर नआएर क्यान मेलाको विजोग, टिकटक हेर्दै दिन काट्छन् कर्मचारी

7.11K
shares

काठमाडौं, २५ माघ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान)को आयोजनामा क्यान इन्फोटेक– २०२५’ ३०औँ संस्करणमा स्टलका कर्मचारी टिकटक हेर्दै दिन कटाइरहेका छन् ।

यस संस्करणको शुक्रवार दोस्रो दिन भिजिटर नभएको कारण टिकटक हेर्दैै र झिगाँ धपाउदै दिन कटाइरहेका हुन् ।

क्यानका महासचिव चन्द्रबिलास भुर्तेलले ३०औँ संस्करणको उद्घाटनको पहिलो दिनमा नै २० हजारले अवलोकन गरिसकेको र ५औँ दिनसम्ममा ३ लाखले अवलोकन गर्नै अपेक्षा रहेको बताएका थिए । यस संस्करणको दोस्रो दिनको अवस्था हेर्दा त्यसको उल्टो देखिएको छ ।

त्यहा कतिपय कम्पनीका कर्मचारी, क्यानका कार्यसमिति र केहि पत्रकारहरु रहेका थिए तर भिजिटर भने कतै थिएन । हामी त्यहा पुग्दा स्टलका कर्मचारीहरु पनि खासै देखिएको थिएन । केही भएका कर्मचारीहरु टिकटक हेर्दै बसेका थिए भने केहि कर्मचारी झिगाँ धपाउदै बसेको देखिएको थियो ।

हामीले यस विषयमा स्टलहरुमा गएर बुझ्दा कतिपय स्टलमा अहिले सम्ममा जम्मा १३ जनाले मात्र भिजिट गरेको बताएका छन् ।  यस संस्करण बिहीवारदेखि सुरु भएको थियो ।