Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा शाखा प्रबन्धक माग

2.76K
shares

काठमाडौं, २५ माघ । सांग्रिला डेभलपमेन्ट बैंकले शाखा प्रबन्धक पदका लागि केही संख्यामा आवेदन खुलाएको छ । बैंकले कोहलपुर (बाँके), यरी चोक (सुर्खेत) र लमही तथा भालुवाङ (दाङ) शाखा कार्यालयका लागि शाखा प्रबन्धक (अफिसर लेभल) को माग गरेको हो ।

बैंकले स्नातक तह उत्तीर्ण गरेका तथा कम्तीमा पाँच वर्षको बैंकिङ अनुभव भएको र तीमध्ये तीन वर्ष शाखा व्यवस्थापनमा अनुभव प्राप्त व्यक्तिहरूले आवेदन दिन सक्नेछन् ।

उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म ४० वर्षभन्दा कम हुनुपर्नेछ । इच्छुक व्यक्तिहरूले बैंकको आधिकारिक वेबसाइट मार्फत् आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति फागुन ९ गते तोकिएको छ ।