Dhulikhel Eco Banner new

क्यानको मेलाको हरिविजोक, ५ सय जना भिजिटर पनि आएनन्

2.85K
shares

काठमाडौं, २५ माघ । सुचना तथा सञ्चार क्षेत्रमा एआइको व्यापकताको प्रर्दशनी गर्ने मुल उद्देश्यका साथ कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजनामा क्यान मेलामा अहिलेसम्म पनि ५ सय भिजिटर पनि आएका छैनन् ।

शुक्रवार दोस्रो दिन भिजिटर नआएकै कारण स्टलका कर्मचारी र व्यवसायीहरु मोबाइलमा टिकटक हेर्दैै र झिगाँ धपाउदै दिन कटाउन बाध्य छन् ।

उक्त मेलामा कतिपय कम्पनीका कर्मचारी, व्यवसायीहरु, क्यानका कार्यसमिति र केहि पत्रकारहरु मात्र रहेका थिए, तर भिजिटर भने कतै थिएनन् । कतिपय स्टलमा त कर्मचारीहरु पनि थिएनन् । त्यहा भएका केहि स्टलहरु त प्रयोगमा समेत ल्याएका थिएन् । टेबल, कुर्सी र चम्किला ब्यानरले सजिएका कतिपय स्टलहरु  खाली रहेका थिए ।

मेलामा भएका कर्मचारीहरु मोबाइलमा टिकटक हेर्दै बसेका थिए भने केहि कर्मचारी झिगाँ धपाउदै बसेका थिए । हामीले यस विषयमा केहि स्टलहरुमा गएर बुझ्दा अहिले सम्ममा जम्मा १३ जनाले मात्र भिजिट गरेको बताएका छन् ।

सो मेलामा बिहीवारदेखि सुरु भएको थियो । क्यानका महासचिव चन्द्रविलास भुर्तेलले ३०औँ संस्करणको उद्घाटनको पहिलो दिनमा नै २० हजारले अवलोकन गरिसकेको बताएका थिए भने साढे ३ लाख भिजिटरले अवलोकन गर्ने अपेक्षा रहेको समेत बताएका थिए । हामीले त्यहा गएर वास्तविक अवलोकन गर्दा यसमा कुनै पनि सत्यता नभएको स्पष्ट देखिन्छ । हामीले यो समाचार तयार पार्दासम्म ५ सय जना भिजिटर पनि गएका छैनन् भन्ने वास्तविकता पृष्टि भएको छ ।

यस संस्करणको दोस्रो दिनको अवस्था हेर्दा क्यानले राखेको अपेक्षाको ठिक उल्टो देखिन्छ ।  उक्त मेलामा योपटक एआइलाई व्यापक प्रयोगमा ल्याइ एक किसिमको छलाङ मार्ने उद्देश्य बोकेको गर्भिलो तर्क गर्दै आएका क्यानका महासचिव चन्द्रविलास भुर्तेल र उद्घाटन समारोहलार्ई सम्बोधन गर्दै सुचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आइटि पार्क निमार्ण गरी सुचना तथा सञ्चार क्षेत्रमा व्यापक परिर्वतन गर्छौ भन्ने ठुला अभिव्यक्ति दिएका थिए तर उक्त मेलामा दोस्रोदिन पुग्दासमेत ५ सय जनाको समेत उपस्थित नहुनु के आफैमा लज्जाको विषय होइन ?