Dhulikhel Eco Banner new

बैंकहरुको मुद्दति निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक

2.41K
shares

काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले कुल रकममध्ये २० करोड रुपैयाँ वाणिज्य बैंकमा, ३ करोड ७५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी १ करोड २५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।

यो मुद्दति निक्षेप २०८१ फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेसम्म ३६६ दिनका लागि राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।