मिट एण्ड ग्रिट एक्स्पो–२०२५ मा भिजिटरहरुको बाक्लो उपस्थिति (फोटो फिचर)
वि.सं.२०८१ माघ २८ सोमवार १९:०६
shares

काठमाडौं, २८ माघ । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल : मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ को आयोजना गरेको सोमबार चौथो दिन पनि उक्त एक्स्पोमा भिजिटरहरुको बाक्लो उपस्थिति रहेको थियो ।
एक्स्पो मेला माघको २३ देखि २९ गतेसम्म सञ्चालन हुने भनिएता पनि भिजिटरहरुको बाक्लो उपस्थितिका कारण थप एकदिन मेला लम्बिने भएको छ । उक्त मेला एक्स्पो प्रत्येक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन भईरहेको छ ।
वर्तमान समयमा आएको प्रविधि र विस्तारबारे आफ्नो ब्रान्ड तथा प्रोडक्टहरूको प्रयोग तथा विशेषताहरुबारे जानकारी दिने उद्देश्यले उक्त एक्स्पोको आयोजना गरिएको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धर जानकारी दिइन् ।
तेस्रो संस्करणको यस एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर साथै एक्स–ल्याब ल्यापटप पनि राखेका छन् । यसैगरी, एक्स्पोमा क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान पनि उपलब्ध रहेका छन् ।




























