शेयर बजारमा ७ अर्ब ९२ करोड हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ फागुन १ बिहीवार १५:४०
2.95K
shares
shares

काठमाडौं, १ फागुन । शेयर बजारमा ७ अर्ब ९२ करोड कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक शेयर कारोबार भएको छ। उक्त कम्पनीको ३४ करोड १४ लाख कारोबार भएको हो ।
यसदिन सीईडीबी होल्डिङ्सको २६ करोड ८९ लाख कारोबार भएको छ भने राधी विद्युतको २० करोड २९ लाख कारोबार भएको छ ।
त्यसैगरी, सिन्धु विकास बैंकको १९ करोड ३० लाख कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १९ करोड कारोबार भएको छ ।


















