Dhulikhel Eco Banner new

शेयर बजारमा १६२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.55K
shares

काठमाडौं, १ फागुन । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.२६ अंकले घटेर २,६७८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ७ अर्ब ९२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन सामुदायिक लघुवित्तका लगानकिर्ताले ४.९० प्रतिशतका दरले गुमाएका छन् भने रिभर फल्सका लगानीकर्ताले ४.१० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी एनएलजि एन्स्योरेन्सका लगानीकर्ताले ३.५१ प्रतिशतका दरले गुमाएका छन् भने रसुवागढि हाइड्रोपावरका लगानकिर्ताले ३.३७ प्रतिशतका दरले गुमाएका छन् ।