Dhulikhel Eco Banner new

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.9K
shares

काठमाडौं, १३ फागुन । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार तोलामा १ लाख ७० हजार ८ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार ५ सयले बढेर तोलामा १ लाख ७१ हजार ३ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । सोमवार तोलामा १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार घटेर प्रतितोला १ हजार ९७० मा कायम भएको छ ।