Dhulikhel Eco Banner new

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा सपथ ग्रहण

2.22K
shares

काठमाडौं, १३ फागुन । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरको छन् ।

अर्थ मन्त्रालयमा मंगलवार आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमझ शपथ लिएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री पौडेल, अर्थ सचिव धनश्याम उपाध्याय, र राजस्व सचिव दिनेशकुमार घिमिरेसहित अन्य अधिकारीहरूले ओझालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

यसैबीच, सोमबारको मन्त्रिपरिषद्को बैठकले शरद ओझालाई नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। ओझाले अब बीमा क्षेत्रमा सुधार र प्रगति ल्याउने उद्देश्यसँग कार्य गर्नुपर्नेछ।