संघिय सांसद एकनाथ ढकालद्वारा माल्दिभ्सका सभामुख अब्दुल रहीम अब्दुल्लासँग शिष्टाचार भेट
वि.सं.२०८१ फागुन १६ शुक्रवार १२:५५
shares

काठमाडौं, १६ फागुन । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्रराष्ट्र माल्दिभ्सका नवनिर्वाचित सभामुख अब्दुल रहीम अब्दुल्लासँग शिष्टाचार भेट गरेका छन् ।
बिहीवार मालद्वीपको संसद भवनमा भएको भेटमा द्विपक्षीय हितम, संसदीय आदानप्रदान अभिवृद्धि र क्षेत्रीय स्तरमा सहकार्य गर्ने बारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ।
सांसद ढकालले नेपालका सभामुख देवराज घिमिरेको तर्फबट माल्दिभ्सका सभामुख अब्दुल रहीम अब्दुल्लालाई शुभकामना दिँदै सार्क मुलुकका सभामुख र सांसदहरु बीचको आदानप्रदान बढाउनु पर्ने धारणा राखे ।
सभामुख अब्दुल रहीम अब्दुल्लाले नेपाल र मालद्वीप असल मित्रराष्ट्र रहेको बताए । पूर्व मन्त्रीसमेत रहनुभएका ढकाल माल्दिभ्सको २ दिने मैत्रीपूर्ण भ्रमणमा छन् ।
ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् । नेपाल र माल्दिभ्सबीच सन् १९८० मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो।
















