धरानमा ठूलो गाँजा तस्करी योजना विफल, २३० केजी बरामद
वि.सं.२०८१ फागुन २२ बिहीवार १६:४५
shares

काठमाडौं, २२ फागुन । बिहीबार प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-२० स्थितबाट २ सय ३० केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ ।
धरान उपमहानगरपालिका-२० स्थित जंगलमा प्रहरीले गाँजा बरामद गरेको हो । धनकुटाको सागुरीगडी गाउपालिकाको आहालेबाट धरान तर्फ गाँजा बोकेर आउदै गरेका ९ जनाको समुहले प्रहरीमाथी आक्रमणको प्रयास गरेका थिए । धरानका प्रहरी निरीक्षक दिवस कुवँरको नेतृत्वको टोलीले प्रतिरकारका लागि गोली हानी (हवाई फायर) तस्करलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार नौ जना तस्करहरुले नौ भारी गाँजा नाम्लो लगाएर बोकी धरान तर्फ आउदै गर्दा विष्णुपादुका जंगलमा आएपछि तस्कर र प्रहरीको जम्का भेट भएको थियो । गाँजा तस्करी गर्ने मुख्य नाइकेले स्थानीयलाई केहि रकम दिएर गाँजा धरान पुर्याउन लगाएको बुझिएको छ । प्रहरीले धनकुटाको साँघुगढी नगरपालिका-९ का ४३ वर्षिया हरिकुमार राईलाई नियन्त्रणमा लिएको छ ।
उक्त घटनामा संलग्न फरार भएका भरियाहरुको खोजतलास कार्य भईरहेको समेत उनले बताए ।


















