हाडीगाँउमा फुडमेलाको रौनक (फोटो फिचर)
वि.सं.२०८१ फागुन २५ आइतवार १७:५९
shares

काठमाडौं, २५ फागुन । काठमाडौं महानगरपालिका-५ स्थित हाडीगाँउमा प्रत्येक शनिवार फुडमेला लाग्ने गर्दछ । उक्त मेलामा लगभग ५० भन्दा बढी स्टलहरु रहेका छन् ।
भेहिकल फ्रि जोनको रुपमा बालबालिकाहरुलाई खेल्न र मनोरञ्जनको लागि विस्तार गरिएको भएतापनि अहिले पर्यटकीय नगरीको रुपमा विस्तार हुदै गएको छ । हाडीगाँउको फुडमेलामा नेवारी खाजा सेट लगायत विभिन्न परिकारहरु बनाई व्यापार गर्न थालेपछि व्यापारीक केन्द्रको रुपमा बिस्तार भएको हो ।
अहिले हाँडीगाउँको कृष्ण मन्दिर देखि भ्रमरकुँसम्म शनिवार मात्र २० देखि २५ लाखको व्यापार हुने गरेको पाइएको छ । मेलामा माछा फ्राई, चिकेन ललिपव, चिकेन रोष्ट,बफ ससेज,चिकेन ससेज, जुःजु धौ, योमरी, बारा, मिक्स बारा, मिक्स चटाँमरी, हाकु छोइला, चिकेन छोइला, खागो,बफ सुकुटि, लगायतका विभिन्न परिकारका खानेकुराहरु रहेका थिए ।
हेर्नुहोस् तस्वीरहरु :



































