Dhulikhel Eco Banner new

यी स्थानमा शुक्रबार काटिदैछ बिजुली

1.86K
shares

काठमाडौं, ८ चैत । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा शुक्रवार बिजुली कटौती गर्ने भएको छ । शुक्रवार दिउँसो १२ देखि २ बजेसम्म लाइन काटिने भएको छ ।

शुक्रबार प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरेर भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, सम्झिखेल, अरूण थापा चोक क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको हो ।

पाटनको एक सय ३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।

तोकिएको काम समयअगावै पूरा भए निर्धारित अवधिअघि नै बिजुली प्रदान गरिने प्राधिकरणले उल्लेख गरेको छ । यस्तै, प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ ।