प्राइम कमर्सियल बैंकको आईपीओ सर्वसाधारणका लागि खुल्ला
वि.सं.२०७९ असार १ बुधवार ११:१२
7.19K
shares
shares

काठमाडौं, १ असार । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर आज (बुधवार) देखि सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ ।
यसअघि कम्पनीले वैशाख ६ र १६ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र उक्त शेयर खरीद गर्न पाउने गरी बिक्री खुला गर्दा आवेदन नपरेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि यो शेयर जारी गरिएको हो ।
शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने तोकिएको छैन ।
उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित गरेको आजको मितिले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।



















