विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौंमा निकाले र्याली (फोटो फिचर )
वि.सं.२०८१ चैत २० बुधवार १७:५४
shares

काठमाडौं, २० चैत । बुधवार विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौको बिजुली बजारदेखि माईतीघर मण्डलासम्म र्याली निकालेका छन् ।
काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत भएको थियो । उक्त र्याली शिक्षक महासंघको अगुवाइमा भएको थियो ।
शिक्षकहरुले आन्दोलनलाई एउटा निर्णयमा पुर्याई छाड्न सरकारलाई सडकबाट दबाब दिने भन्दै सडक संघर्षबाट मात्र मागलाई सम्बोधन हुनसक्ने भन्दै देशभरि रहेका शिक्षकहरू बुधवार काठमाडौ आएका हुन् ।
महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार र्यालीमा डेढ लाख शिक्षकहरुको उपस्थित रहेको बताए।
शिक्षकहरुले यो सडक आन्दोलन माग पुरा नभएसम्म निरन्तर जारी राख्ने भन्दै बिहिबार देखि शिक्षकहरुको उल्लेख्य मात्रामा उपस्थित रहने बताए ।


































