Dhulikhel Eco Banner new

झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.07K
shares

काठमाडौं, २६ चैत । मंगलवार शेयर बजारमा सामान्य अंकले बढेको छ । शेयर बजार १.७३ अंकले बढेर २,६७१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ३० करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा बोटलर्स बालाजु र विन लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने गुराँस लघुवित्तका लगानीकर्ताले ५.२९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ४.३८ प्रतिशतका दरले कमाएका छन् ।