Dhulikhel Eco Banner new

हिमाली टाइगर सुजलाई २ लाख जरिबाना

2.68K
shares

काठमाडौं, २९ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं तारकेश्वरको हिमाली टाइगर सुज एन्ड स्लिपर प्रालिलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले बिहीवार उपत्यकाभित्रका आठ वटा उद्योग तथा व्यवसायमा गरेको नियमित अनुगमनको क्रममा उक्त कम्पनीले उपभोक्तालाई अनिवार्य रूपमा जानकारी दिनुपर्ने लेबल र अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नगरी सामग्री बिक्री गरेको पाइएको हो।

विभागका अनुसार बिना लेबल र एमआरपी सामान बिक्री गर्नु उपभोक्ताको हकविरुद्धको कार्य हो र यसले बजार प्रणालीलाई अपारदर्शी बनाउँछ। त्यसैले विभागले कम्पनीलाई जरिवाना गर्नुका साथै आगामी दिनमा उत्पादन हुने सबै सामग्रीमा स्पष्ट लेबल र एमआरपी राख्न निर्देशन दिएको छ।

साथै, विभागले कम्पनीलाई आवश्यक कागजातहरू सहित विभागमा उपस्थित भई स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ।

विभागले उपभोक्ताको हक–हित संरक्षण गर्दै बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन नियमित अनुगमन र आवश्यक कारबाही प्रक्रिया निरन्तर अगाडि बढाइने जनाएको छ।