Dhulikhel Eco Banner new

नाइमाको औपचारिक शुभारम्भ,आगामी साउनमा नेपाल मोबिलिटी एक्स्पो आयोजना हुने

2.51K
shares

काठमाडौं, ३ वैशाख । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरस एशोसिएसन (नाइमा) औपचारिक रुपमा शुभारम्भ शुभारम्भ गरेको छ। कम्पनीले बुधवार मेरियट होटलमा इम्पावरिङ ग्रोथ थु मोबिलिटी नारा साथ संस्थाको आधिकारिक रूपमा शुभारम्भ गरेको हो।

नाइमाको पहिलो अध्यक्ष रितु सिंह वैद्य हुन्। उनले कार्यक्रममा नाइमाको आधार स्तम्भउल्लेख गर्दै संस्थाले नेपालको अटो मोबिलिटी क्षेत्रको प्रतिनिधित्व गर्ने बताएकी छन्।उनले नेपालको मोबिलिटी क्षेत्रको विकास र सामूहिक आवाजको वकालत गर्न एकीकृत प्लेटफर्म नाइमा रहेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको मोबिलिटी क्षेत्रको यसले प्रतिनिधित्व गर्ने बताइन्।

यस्तै, यसले रणनीतिक सहकार्य समेत गर्ने उनले बताइन्। उक्त कार्यक्रममा नेपाल मोबिलिटी एक्स्पो हुने बारे पनि जानकारी दिए। अगामी साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा मोबिलिटी एक्स्पो हुने जनाइएको छ।

नाईमा संचालक समितिमा सुहृदराज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदायन काब्रा रहेका छन्।

संचालक समिति सदस्य सुहृद घिमिरेले कसैसँग दन्द्व बढाउने नभई सबैसँग सहकार्य गरि अघि बढ्ने संस्थाको उद्देश्य रहेको बताए। उनले सरकारी निकायले लक्जरी प्राडक्टको रूपमा परिभाषित गर्दै अटो व्यवसायीलाई अप्ठेरो पार्ने गरेकाले नीतिगत लबिङका लागि काम गर्ने समेत बताए।