दोलखाको पर्यटकीय स्थल शैलुङमा देखिएका मनोरम दृष्यहरु
वि.सं.२०८२ वैशाख ३ बुधवार १७:४५
shares

काठमाडौं, ०३ वैशाख । दोलखाको पर्यटकीय स्थल शैलुङमा नयाँ वर्ष २०८२ सालको पहिलो दिन आन्तरिक तथा बाह्र पर्यटकको भिड लागेको थियो ।
शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो । जसको अर्थ हुन्छ तामाङ भाषमा “शै” भनेको सय र “लुङ” भनेको थुम्का भन्ने बुझिन्छ । शैलुङबाट देखिने प्राकृतिक सुन्दरताको दृश्य अति नै मनमोह र रमणीय भएकाले नयाँ वर्षको अवसर पारेर शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको अत्याधिक घूईचो लागेको थियो ।
शैलुङ डाँडाबाट मनमोहक गौरीशङ्कर हिमाल, माछापुच्छ्रे हिमाल, गणेश हिमाल सहित मौसम सफा भएको दिन बिहानपख सगरमाथाको केहि भाग समेत देखिन्छ ।
सूर्यदय र सूर्यास्तको समेत मनोमहक दृष्यावलकन गरी काठमाडौँ उपत्यका र तराईका केही भागहरू समेत देखिने भएकोले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बनेको छ ।
नयाँ वर्षको पहिलो दिन मात्रै १५ हजार भन्दा बढी पर्यटन शैलुङ पुगेको अनुमान गरिएको छ । समुन्द्री सतहदेखि ३३ सय मिटर उचाइमा अवस्थित दोलखाको शैलुङ डाँडा पछिल्लो समय आन्तरिक तथा बाह्र पर्यटनको रोजाइ बन्न थालेको छ ।
शैलुङका रमणीय डाँडाहरूबाट देखिने मनमोहक दृश्यहरु :






























