Dhulikhel Eco Banner new

काठमाडौंमा पहिलो पटक ‘ललितकला मेला–२०८२’ (फोटो फिचर)

3.29K
shares

काठमाडौं, ५ वैशाख । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मंगलबारदेखि ललितकला मेला २०८२ आयोजना गरेको छ । मेलामा विभिन्न प्रकारका करिब ५० वटा स्टलहरु रहेका छन् ।

६ वैशाखसम्म चल्ने मेलामा चित्रकला, मूर्तिकला तथा हस्तकलाको प्रदर्शनी तथा बिक्री गरिदै आएका छन् । मेलाले कलालाई आर्थिक, पर्यटकीय तथा सामाजिक रुपान्तरणसँग जोड्नमा मद्धत पुग्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केली जानकारी दिए ।

कलाको प्रदर्शन, प्रवर्द्धन तथा जानकारी दिने उद्देश्यले प्रतिष्ठानले ललितकला मेला २०८२ आयोजना गरेको उनले बताए । मेला नौ हजार जनाले अवलोकन गरिसकेको पनि बताए ।

मेलामा विभिन्न संघसंस्थाको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागिता रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।