जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर
वि.सं.२०८२ वैशाख २६ शुक्रवार १३:४७
2.42K
shares
shares

काठमाडौं, २६ वैशाख । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ। संस्थाले प्रकाशित सूचनाअनुसार वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको हो।
संस्थाका अनुसार वरिष्ठ सहायकका लागि ५ जना, सहायक पदका लागि ४ जना र कनिष्ठ सहायक तथा प्रशिक्षार्थीका लागि केही संख्यामा योग्य उम्मेदवार आवश्यक रहेका छन्।
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।

















