Dhulikhel Eco Banner new

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो २५ करोड १९ लाख खुद नाफा

1.77K
shares

काठमाडौं, २९ वैशाख । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले नौ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले २५ करोड १९ लाख रूपैयाँ खुद नाफा गरेको छ।

गत आवको यसै अवधिसम्म ४७ करोड ५४ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष भने खुद नाफा ४७ प्रतिशतले घटेको हो।

कम्पनीको कुल आम्दानी १.५५ प्रतिशतले मात्रै बढ्दा खर्च भने २५.४४ प्रतिशतले बढेको छ। कम्पनीको कुल आम्दानी २ अर्ब ५ करोड रूपैयाँबाट सामान्य बढेर २ अर्ब ९ करोड पुग्दा खर्च भने १ अर्ब ३८ करोड रूपैयाँबाट बढेर १ अर्ब ७३ करोड रूपैयाँ नाघेको छ।