Dhulikhel Eco Banner new

हिमाल दोलखा हाइड्रोपावरको सिइओमा दाहाल नियुक्त

1.83K
shares

काठमाडौं, ४ जेठ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले प्रकाश दाहाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको शुक्रवार बसेको बैठकले दाहाललाई आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

भक्तपुर निवासी ४३ वर्षीय दाहालसँग ऊर्जा क्षेत्रको व्यवस्थापन र नेतृत्वमा लामो अनुभव रहेको छ। उनले यसअघि विभिन्न हाइड्रोपावर परियोजनाहरूमा कार्यकारी भूमिकामा काम गरिसकेका छन्।