सरकारी कर्मचारीको तलब नबढ्ने, महङ्गी भत्ता ५ हजार पुग्यो
वि.सं.२०८२ जेठ १५ बिहीवार १७:२१
2.65K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले राष्ट्र सेवक कर्मचारीको तलब नबढाउने निर्णय गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।
उनले कर्मचारीको महङ्गी भत्ता भने बढाएर ५ हजार पुराएको बताएका छन् ।















