Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

2.05K
shares

काठमाडौं, १० असार। सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले १ लाख २९ हजार ८३० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

जसमध्ये १ लाख १५ हजार ५१८ कित्ता शेयर बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् भने बाँकी १४ हजार ३१२ कित्ता शेयर भने सर्वसाधारणले खरीद गर्न पाउनेछन्।

शेयर खरीद गर्न आवेदन दिनका लागि संस्थापक शेयरधनीलाई ३५ दिन र सर्वसाधारणलाई १५ दिनको समयावधि दिएको छ।

यस अवधिभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।