Dhulikhel Eco Banner new

कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

2.52K
shares

काठमाडौं, १७ असार । नेपाली बैंकिङ क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड सँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्ट बचत मार्फत सहज रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट कार्ड हो, जसलाई ग्राहकहरुले आफ्नो कुमारी स्मार्ट एपमार्फत सहजै मोबाईलबाट सुचारु गर्न सक्नेछन् ।

फोनपेको क्यूआर मर्चेन्टहरुमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकहरुले अधिकतम ४५ दिन सम्म बिना ब्याज (शर्तहरु लागु हुनेछ) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्ने बैंकले जनाएको छ ।