Dhulikhel Eco Banner new

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स नेपाल पे कार्डमा आवद्ध

2.17K
shares

काठमाडौं,३० असार। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र एनसीएचएलबीच एनपीएस एनसीएस तथा डोमेस्टिम कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानूले हस्ताक्षर गरेका छन्।

एनपीएस एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ ।

उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरेको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

एनपीएस एसीएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पुर्‍याउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

नेपालका अग्रणी फाइनान्सहरु मध्येको गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले देश भरी रहेका २३ वटा शाखा, ४ वटा विस्तारित काउन्टर तथा एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंक तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।