एकैदिन प्रतितोला १ हजार ८ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ साउन ६ मंगलवार ११:३५
shares

काठमाडौं, ६ साउन । स्थानिय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ८ सयले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।
सोमवार प्रतितोला १ लाख ९३ हजार ७ सयमा कारोवार भएको सुनको मुल्य मंगलवार १ हजार ८ सयले बढेर प्रतितोला १ लाख ९५ हजार ५ सयमा कायम भएको हो ।
त्यस्तै, मंगलवार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । सोमवार तोलामा २ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार बढेर प्रतितोला २ हजार ३२० रुपैयाँमा कायम भएको छ ।

















