४२ करोड थान ५० रुपैयाँ दरको नयाँ नोट छाप्दै राष्ट्र बैंक
वि.सं.२०८२ साउन ९ शुक्रवार १२:१०
shares

काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय स्तरबाट नोट छपाइका लागि इच्छुक कम्पनीहरूलाई बोलपत्र प्रस्ताव पेश गर्न आह्वान गरेको हो।
राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्ने तयारी गरेको हो। बैंकले इच्छुक कम्पनीहरूलाई आगामी भदौ २२ गते ९सेप्टेम्बर ७० भित्र बोलपत्र पेस गर्न अनुरोध गरेको छ। बोलपत्र राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा पेस गर्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार नोट छपाइका लागि प्रस्ताव दिने कम्पनीले न्यूनतम २० हजार रुपैयाँ वा १४६ अमेरिकी डलर वा १२६ युरो वा १०९ पाउन्ड बराबरको धरौटी पेश गर्नुपर्नेछ। छनौटमा पर्ने कम्पनीले नोटको डिजाइन, छपाइ र आपूर्ति समेतको काम गर्नुपर्नेछ।

















