GBIME

श्वेत–गंगा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

1.78K
shares

काठमाडौं, ६ असार । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आइपीओमा आवेदन दिने आज (सोमबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै आईपीओमा आवेदन दिने आज बैकिङ समयसम्म मात्र रहेको जानकारी गराएको हो ।

कम्पनीले जेठ २३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख ९३ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

उक्त आईपीओमा नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजना स्थलहरुबाट आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।