महासंघको प्रेस सल्लाहकारमा आचार्य
वि.सं.२०८२ साउन १९ सोमवार १८:१३
shares

काठमाडौं, १९ साउन । सञ्चार तथा आर्थिक पत्रकारिता क्षेत्रमा लामो अनुभव हासिल गरेका रोयल आचार्यलाई नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रेस सल्लाहकार पदमा नियुक्त गरेको छ।
महासंघले व्यवसायिक गतिविधि र उद्देश्यहरूलाई सञ्चार माध्यममार्फत प्रभावकारी रूपमा सार्वजनिक गर्न प्रेस सल्लाहकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै आचार्यलाई उक्त जिम्मेवारी दिएको हो।
सोमवार काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ र महासचिव नविन पौडेलले उनलाई नियुक्तिपत्र प्रदान गरेका थिए। नियुक्तिपत्रमा महासंघको उद्देश्य तथा व्यवसायिक क्षेत्रको हितका लागि सञ्चारको सशक्त माध्यमबाट सन्देश, सूचना र शुभकामना सम्प्रेषण गर्न आवश्यक देखिएकाले रोयल आचार्यलाई प्रेस सल्लाहकार पदमा मनोनयन गरिएको उल्लेख गरिएको छ। महासंघले आचार्यको सफल कार्यकालको शुभकामना पनि दिएको छ।
रायल आचार्य विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन्। उनी केटिएम भ्वाइस डटकमका सम्पादक तथा सञ्चालक हुनुका साथै उनले राष्ट्रिय टेलिभिजनमार्फत वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन्।



















