एनएमबि बैंकद्वारा गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री हस्तान्तरण
वि.सं.२०८२ साउन १९ सोमवार १८:२१
shares

काठमाडौं, १९ साउन । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १,००० लिटर क्षमताको सोलार र सोलार उपकरणहरू हस्तान्तरण गरेको छ।
पोखरास्थित आश्रममा आयोजित एक विशेष कार्यक्रममा सो सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरिएका हुन्। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय कुमार खड्काले दीप प्रज्वलन गरेर गरेका थिए।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ज्ञवालीले कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरू राजेन्द्र कुमार थपलिया, प्रा. डा. हरि पाठक, शालिकराम ज्ञवाली, रमेशबहादुर कुँवर र ओमकुमार मुल्मीको विशेष उपस्थिति थियो।
उक्त अवसरमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले कार्यक्रमप्रति आभार व्यक्त गर्दै सोलार उपकरणले आश्रमको दिगो ऊर्जामा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसहित वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, खुद्रा तथा साना व्यवसाय प्रमुख गणेश पराजुली, गण्डकी प्रदेश प्रमुख दुर्गाराम पुरी लगायत अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।
मानवसेवा आश्रमका महासचिव सुशीला के.सी. तथा अन्य प्रतिनिधिहरूले बैंकको यो सहयोगले समाजसेवामा सकारात्मक उदाहरण स्थापित गरेको उल्लेख गरे।
एनएमबि बैंकले दिगो विकासलाई प्राथमिकतामा राख्दै साउन महिनालाई ‘सस्टेनेबिलिटी मन्त’ को रूपमा मनाइरहेको छ। सोही अवसरमा बैंकले विभिन्न प्रदेशहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।


















