Dhulikhel Eco Banner new

काइयीको बबाल अफर: काइयी एक्स थ्री प्रो गाडीमा छुट

2.91K
shares

काठमाडौं, २० साउन । काइयी विद्युतीय सवारीसाधनको लागि नेपालमा आधिकारिक विक्रेता जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई–मोबिलिटीले काइयी बाबल अफर सार्वजनिक गरेका छन्। यो विशेष अफर अन्तर्गत काइयीको लोकप्रिय स्पोर्ट उपयोग गाडी एक्स थ्री प्रो को माथिल्लो भेरियन्टमा हालसम्मकै ठूलो छुट दिइएको छ।

अब काइयी एक्स थ्री प्रो गाडीको मूल्य ३९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ ।  पहिले ४८ लाख ९६ हजार रुपैयाँ थियो। झण्डै ९ लाख रुपैयाँ छुट दिइएको यो अफर निकै आकर्षक मानिएको छ।

यस अफरमा गाडी किन्दा ग्राहकले ७ दशमलव ३ किलोवाट क्षमताको घरमै जडान गर्न मिल्ने चार्ज गर्ने उपकरण, ८ वर्षको ब्याट्रीको भरपर्दो ग्यारेन्टी, ६ वर्षसम्म निःशुल्क सेवा सुविधा, साथै अतिरिक्त पांग्रा (स्पेयर टायर) पनि निःशुल्क प्राप्त गर्नेछन्।

यो अफर विशेष रूपमा नेपाल मोबिलिटी प्रदर्शनी २०२५ मा लागू गरिएको हो, जुन हाल भृकुटीमण्डप, काठमाडौंमा जारी छ। काइयीको गाडी अवलोकन गर्न चाहनेहरूका लागि हल क स्टल नम्बर प्रवेश गर्दा दायाँपट्टिको पहिलो स्टल० मा जाने व्यवस्था गरिएको छ।

एक्स थ्री प्रो मा शक्तिशाली मोटर, आधुनिक डिजाइन, फराकिलो र आरामदायक भित्री सजावट, प्यानोरामिक छाना, अटो होल्ड सुविधा, बलियो ब्याट्री प्रविधि र १८३ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

यसमा चालकको ध्यान नभड्कियोस् भनेर सिधा हातले चलाउन मिल्ने बटनहरू राखिएका छन् । चलाउन सजिलो र सुरक्षित बनाउँछ।

यस गाडीका अतिरिक्त भागहरू ९स्पेयर पार्टहरू० नेपालमै सहजै उपलब्ध छन् र तिनीहरूको मूल्य पनि सुलभ छ, जसले दीर्घकालीन खर्च घटाउँछ।

काइयी एक्स थ्री प्रो अहिले नक्साल, थापाथली, साथै बिराटनगर, पोखरा, भरतपुर, हेटौंडा, भैरहवा, नेपालगञ्ज, धनगढी, दाङ, बिर्तामोड र बीरगञ्ज लगायतका काइयीका अधिकृत बिक्री केन्द्रहरूमा पनि उपलब्ध छ।