Dhulikhel Eco Banner new

तेह्रथुम पावरको ४ लाखबढी कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा

2.17K
shares

काठमाडौं, २० साउन । तेह्रथुम पावर कम्पनी लिमिटेडले हालसम्म बिक्री नभएको ४ लाख १८ हजार ७३८ कित्ता हकप्रद सेयर बोलकबोल (लिलामी) प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद शेयरमा आवेदन नपरेका कित्ताहरू लिलामीमार्फत बिक्रीमा ल्याउन लागेको हो।

कम्पनीले लिलामीमार्फत शेयर बिक्रीका लागि साउन २७ गतेदेखि आवेदन प्रक्रिया खुला गर्ने जनाएको छ। यो शेयर खरिदका लागि व्यक्तिगत लगानीकर्ता, कम्पनी, संघसंस्था, बैंक तथा वित्तीय संस्था सबैले आवेदन दिन सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। इच्छुक खरिदकर्ताहरूले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण ४ लाख १८ हजार ७३८ कित्तासम्म खरिद गर्न सक्ने गरी आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, साथै नबिल बैंकका शाखा कार्यालयहरू – विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी मार्फत आवेदन पेश गर्न सक्नेछन्।