Dhulikhel Eco Banner new

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

2.16K
shares

काठमाडौं, २१ साउन । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकको ११ जना संस्थापक शेयरधनीले एकैचोटी १२ लाख ३५ हजार ६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका हुन्।

शेयरधनीहरू खिम बहादुर गुरुङ्ग, निमानन्द खनाल, इन्दिरा ढकाल, कृष्ण प्रसाद नेपाल उपाध्याय, किरण भक्त श्रेष्ठ, अनिल भक्त श्रेष्ठ, सुनिल भक्त श्रेष्ठ, दिनेश भक्त श्रेष्ठ, सन्ध्या थापा क्षेत्री, चंद्र शम्शेर जवरा र किशोर कुमार महर्जनले शेयर बिक्रीमा राखेका हुन्।

हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन्। यसका लागि ३५ दिनको समयावधि रहेको छ।

शेयर किन्न इच्छुक शेयरधनीले तोकिएको म्यादभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।