Dhulikhel Eco Banner new

५ सय ‘घुस’ दिएपछि अनिवार्य भनिएको बीमा गर्नै नपर्ने !

1.64K
shares

काठमाडौं, २३ । साउन यातायात कार्यालयमा घुस लेनदेनको क्रम अहिले पनि रोकिएको छैन । अनिवार्य गर्नै पर्ने बीमा समेत घुस दिएर नगर्ने गरेको पाइएको छ ।

सवारीसाधन नवीकरण गर्दा अनिवार्य गरिएको तेस्रो पक्ष बिमा नै नगरी नवीकरण हुने गरेको छ । मोटरसाइकल नवीकरणका लागि करिब एक हजार आठ सय रुपियाँ बिमा शुल्क लाग्ने गर्दछ ।

त्यस्तै चारपाङ्ग्रेका लागि सातदेखि आठ हजार रुपियाँ लाग्छ तर पाँच सय रुपियाँ घुस दिएपछि बिमा नै नगरी सवारी नवीकरण हुँदै आएको छ । यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीबाट नवीकरण गर्ने अधिकांशले बिमा नगरेको पाइएको छ ।

सन्धुलीका विकास पौडेलले बिमाबापतको पाँच सय घुस दिएपछि सल्लाघारीबाट मोटरसाइकलको नवीकरण भएको बताए । यसबारे गोरखापत्रले शुक्रबार विस्तृतमा लेखेको छ ।